मकवानपुरमा १२२ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १ सय २२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ९४ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा र २८ जनाको एन्टीजेन परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना, थाहानगरपालिकाका १ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना र मनहरी गाउँपालिकाका एक जना रहेका छन् ।
यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कूल संख्या १५ हजार १७ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ५ सय ५० जना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणबाट १६४ जनाको मृत्यु भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।
