मकवानपुरमा ७ जना कोरोना संक्रमित थपिए

तु खबर संवाददाता
२०७९ श्रावण ३०,सोमबार १८:०९

मकवानपुर । मकवानपुरमा थप ७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा २० जनाको पिसीआर विधिबाट र ५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले आज सोमबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार, पछिल्लो २४ घण्टाको अवधिमा १४ जना कारोना संक्रमणमुक्त भएका छन् । अहाल मकवानपुरमा सक्रिय संक्रमितको संख्या १४ जना रहेका छन् ।