आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । आज (सोमबार) सर्वदलीय बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्ने भएको हो ।
बैठक दिउँसो साढे २ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको हो ।
बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रीत रहने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।
