हेटौंडाका खड्का पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र २८,सोमबार ०७:५९
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले चोरी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने राजकुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मकवानपुर जिल्ला अदालतको मिति २०७६ साल भदौ २६ गतेको फैसलाले चोरी मुद्दामा १ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी भइ फरार रहेका खड्का आइतबार पक्राउ गरेको हो ।

खड्कालाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–८ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीलाई आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालत पठाइएको जनाइएको छ ।