समाचार

यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जनाएको छ । साथै महाशाखाका अनुसार, मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । हाल देशको पहाडी भू–भागमा सामान्य...

आज थारु समुदायले अटवारी पर्व मनाउँदै

मकवानपुर । आज भदौ महिनाको कृष्णअष्टमी पछिको शुक्लपक्षको पहिलो आइतबार थारु समुदायले अटवारी पर्व मनाउँदै छन् । थारु समुदायले यो पर्वलाई माघी र दशैं पछिको ठूलो चाडको रुपमा मनाउने गरका छन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । स्थानीय...

कोरोनाका कारण जारी गरिएको प्रतिबन्धको विरोधमा टर्कीमा प्रदर्शन

मकवानपुर । टर्कीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार राजधानी स्तानबुलमा दुई हजार भन्दा बढी नागरिकले माक्स नलगाई प्रदर्शन गरेका थिए । सरकारी प्रतिबन्धका कारण आफ्नो स्वतन्त्रताको हनन भएको भन्दै प्रदर्शनकारीले र्याली निकालेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘मेरो...

जसपा मकवानपुरद्वारा सुज अभियानको सुरुवात

मकवानपुर । जनता सामाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले सुज अभियानको सुरुवात गरेको छ । जसपाले मकवानपुरमा संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान शनिबारबाट सुरुवात गरेको हो । अभियान जसपा केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाले उद्घाटन गरेका हुन् । हेटौंडाको रोयल पाटी प्यालेसमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य शुभरत्न गोले,...

हेटौंडामा क्रियाशील क्लबहरुबीच अन्तरक्रिया

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ अन्तर्गत रहेका क्रियाशील क्लबहरुबीच शनिबार चियापान तथा अन्तरक्रिया कार्यक्रम भएको छ । वडाका विभिन्न क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको सो कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिका प्रमुख महतले आफू जनप्रतिनिधि भएर आएपछि...

मकवानपुरमा आजबाट भौतिक उपस्थितिमा शैक्षिक संस्था खुल्ने

मकवानपुर । मकवानपुरमा आज (आइतबार) बाट भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरु खुल्ने भएको छ । मकवानपुरका अतिरिक्त कक्षा सञ्चालन गरिरहेका संघसंस्थालगायत विद्यालय, र क्याम्पसहरु आजबाट भौतिक उपस्थितिमा खुल्ने भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लाका स्थानीय तहको स्वीकृतिमा शिक्षण संस्थाहरुले विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारु गर्नसक्ने निर्णय...

हेटौंडामा रक्तदान कार्यक्रम

मकवानपुर । मकवानपुर क्युकोशिन कराँते संघले हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संघले शनिबार हेटौंडाको हुप्राचौरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख महतले युवाहरुले खेलकुदका गतिबिधिसंगै रक्तदान कार्यक्रमलाई पनि प्राथमिकता दिएकोमा...

जनसाहित्यिक मञ्च बागमती प्रदेशको संयोजकमा मसान उपासक

मकवानपुर । जनसाहित्यिक मञ्च नेपालको शनिबार भर्चुअल भेला सम्पन्न भएको छ । आज भएको भेलाबाट जनसाहित्यिक मञ्च नेपालका सचिवालय सदस्य मसान उपासक मञ्चको बागमती प्रदेशको संयोजकमा मसान उपासक चयन भएका छन् । मञ्चको अघिल्लो पटक पनि केन्द्रीय सदस्य रहेका मसानलाई शनिबारको भेलाले केन्द्रिय सचिवालय सदस्य चयन गर्दै प्रदेशको संयोजक...

पछिल्लो २४ घण्टामा १३६७ भए कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ९४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पीसीआर परीक्षणबाट ७ सय...

कांग्रेस मकवानपुरगढीको सभापतिमा मेरो उम्मेदवारी रहन्छ – दाहाल

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । यस अघि भदौ २७ गतेका लागि तय भएको स्थानीय नगर/पालिकाको अधिवेशन आगामी भदौ असोज ९ गतेका लागि सारिएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा कांग्रेस नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । कांग्रेसको राजनीतिमा...