हेटौंडामा रक्तदान कार्यक्रम
मकवानपुर । मकवानपुर क्युकोशिन कराँते संघले हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
संघले शनिबार हेटौंडाको हुप्राचौरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख महतले युवाहरुले खेलकुदका गतिबिधिसंगै रक्तदान कार्यक्रमलाई पनि प्राथमिकता दिएकोमा धन्यवाद दिए ।
रगत अभाबको समस्या भइरहेको समयमा रक्तादन कार्यक्रमले सार्थकता पाउने उनको भनाई छ । उनले हरेक युवाहरुमा सामाजिक भावना उत्पन्न भएको बताए ।
कार्यक्रममा बिभीन्न खेल क्षेत्रका युवाहरु सहभागि भएका थिए ।
