हेटौंडामा क्रियाशील क्लबहरुबीच अन्तरक्रिया

तु खबर संवाददाता
२०७८ भाद्र २७,आईतवार ०८:२०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ अन्तर्गत रहेका क्रियाशील क्लबहरुबीच शनिबार चियापान तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

वडाका विभिन्न क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको सो कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमहानगरपालिका प्रमुख महतले आफू जनप्रतिनिधि भएर आएपछि खेलकुदका धेरै पूर्वाधार निर्माण गरिएको बताए । खेल क्षेत्रलाई प्राथमिकता दिँदै यसका पूर्वाधार निर्माणमा आफू लागेको उनले बताए ।

हाल हेटौंडामा खेलकुदका गतिविधिहरु पनि धेरै बढेको र खेलाडी उत्पादनमा पनि सहयोग पुगेको उनले बताए ।

वडाका सबै क्लबको संयुक्त भेलाले वडाका ८ क्लबलाई एउटै मालामा गाँसेर संयुक्त क्लब स्थापना गरी अगाडि बढ्ने उद्धेश्य लिएको उनले बताए ।

भेलाबाट विशालराज महतको नेतृत्वमा संयुक्त क्लब निर्माण गरिएको छ । समितिमा समिर अर्याल, हरिबहादुर कुँवर, उमेश महत, विकास लामिछाने, पूर्णप्रसाद चौलागाई, मनिष गौतम, दिनेश राई, कविर विक्रम राणालगायत सदस्य चुनिएका छन् ।

कार्यक्रमको सभाध्यक्षता विशालराज महतले गरेका थिए भने कार्यक्रमको सहजीकरण मिलन सेढाईंले गरेका थिए।