कोरोनाका कारण जारी गरिएको प्रतिबन्धको विरोधमा टर्कीमा प्रदर्शन

तु खबर संवाददाता
२०७८ भाद्र २७,आईतवार ०८:४९

मकवानपुर । टर्कीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार राजधानी स्तानबुलमा दुई हजार भन्दा बढी नागरिकले माक्स नलगाई प्रदर्शन गरेका थिए ।

सरकारी प्रतिबन्धका कारण आफ्नो स्वतन्त्रताको हनन भएको भन्दै प्रदर्शनकारीले र्याली निकालेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘मेरो शरीर मेरो निर्णय’, ‘स्वतन्त्रता स्वतन्त्र छैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिबन्धको सट्टा कोरोना संक्रमणविरुद्धको खोप अभियान तीव्र बनाउनुपर्ने उनीहरुको माग छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले कोरोना खोप नै अन्तिम विकल्प भए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पनि अनिवार्य लागू हुने जनाएको छ ।
टर्कीमा दैनिक करिब २३ हजार जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।