समाचार

नेकपा एकीकृत समाजवादी हेटौंडा ७ को अध्यक्षमा अधिकारी

मकवानपुर । माधवकुमार नेपाल नेतृत्व नेकपा समाजवादी  पार्टी  हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को अध्यक्षमा राजु अधिकारी चयन भएका छन् । आज (शनिबार) भएको वडा भेलाले अधिकारीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादीका नेता सफल अधिकारीले जानकारी दिए । उनका अनुसार, हेटौंडा–७ मा गठन गरिएको कमिटी...

मकवानपुरमा थप २० जनामा कोरोना, २९ जना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९४ जनामा गरिएको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्ला शनिबार थपिएका संक्रमितहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा गरी १९ जना...

एमाले मकवानपुरको अध्यक्षमा बद्री लम्साल

मकवानपुर । नेकपा एमालेले बद्री लम्सालको अध्यक्षतामा ३ सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । शनिवार हेटौंडामा बसेको  जिल्ला कमिटी बैठकले एमाले मकवानपुरलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय गरेको हो । सोही निर्णय अनुसार तत्कालिन उपाध्यक्ष बद्री लम्सालको अध्यक्षतामा जिल्ला कमिटी गठन गरिएको छ ।...

मकवानपुरका थिङ काठमाडौंबाट पक्राउ

मकवानपुर । काठमाडौं महानगरपालिका वडा नम्वर १७ खुशिबुबाट १ किलो लागूऔषध चरेशसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भई हाल काठमाडौं सितापाईला बस्ने ३४ वर्षीय भिमबहादुर थिङ रहेका छन् । थिङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बिहिबार प्रदेश ३–०२–००१...

मकवानपुरमा पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघ्यो

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघेको छ । जिल्लामा शुक्रबारसम्म १ लाख २ हजार ९ सय ५४ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यलयका अनुसार, जिल्लामा हालसम्म १ लाख ३८ हजार ९ सय...

२० वर्ष पुरानो गीतको रिमेकः बले र शिक्षाको अभिनय, कस्तो बन्यो ?

काठमाडौँ । सागर लम्साल बले अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। झण्डै २० बर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक भएको हो। गतिमा सागर लम्साल बले संगै शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे सानुको अभिनय रहेको छ। पुराना...

नेकपा एमालेको स्थायी कमिटीको अर्को बैठक दिउँसो ३ बजे

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको अर्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । एमालेले स्थायी कमिटीको बिहान ९ बजे बोलाएको पहिलो बैठक दिउँसो १२ बजे सकिएको थियो । अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने नेकपा एमालेका नेता योगेश भट्टराईले जानकारी दिए । पहिलो बैठकको...

फेवातालको क्षेत्रफल बढ्यो

कास्की । पोखरास्थित फेलाताल अतिक्रमण गरेर व्यक्तिका नाममा कायम भएको २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएको छ । संघ सरकारले गत कात्तिकमा गठन गरेको कास्कीका पूर्वजिविस सभापति पुण्य पौडेल नेतृत्वको उच्चस्तरीय समिति अध्ययन समितिले तालको आकार ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी...

संखुवासभा सामुहिक हत्याकाण्डको रहस्य खुल्यो

काठमाडौँं । संखुवासभाको मादी नगरपालिका वडा नं १ स्थित एकै परिवारको ६ जनाको हत्यामा मृतकको भतिजाको संलग्नता रहेको प्रहरीको निश्कर्ष छ । मृतक परिवारको नाता भित्रै पर्ने छिमेकी समेत रहेका २६ बर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गर्ने तयारी गरेको छ । लोकबहादुर र हत्या गरिएका ५२...

गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशन सेप्टेम्बर २० मा हुने

दक्षिण कोरिया । नेपाल गोरखा परिवार दक्षिण कोरियाको एघारौं अधिवेशन सेप्टेम्बर २० मा हुने भएको छ । “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुख दुःखमा साथ दिने हाम्रो प्रतिबद्दता’’ भन्ने मूल भावनाबाट प्रेरित भई गोरखा जिल्लामा स्थायी बसोबास भई हाल दक्षिण कोरियामा रहँदै आएका गोरखालीहरुको हकहित को लागि सन् २००२...