समाचार

बागमती प्रदेशका मन्त्रीहरुका लागि आचारसंहिता जारी

मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्री तथा नियुक्त गरिएका पदाधिकारीहरुको लागि आचारसंहिता जारी गरिएको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले जानकारी दिएका छन् । बागमतीलाई नमुना प्रदेशको रुपमा विकास गर्दै युवा र महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशिलताको विकास गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उदेश्यले आचारसंहिलता जारी...

कांग्रेसको नगर/पालिका अधिवेशन कहिले ?

काठमाडौँ । नेपाली कांग्रेसको गाउँपालिका र नगरपालिकाको अधिवेशन सरेको छ । कांग्रेसको २१ जिल्लामा क्रियाशील सदस्यता विवाद चर्किएपछि संस्थापनइतर पक्षले पालिका अधिवेशन रोकेर क्रियाशील सदस्ता विवाद टुंग्याउन माग गरेको थियो । कांग्रेसका शीर्ष नेताहरू बसेर अधिवेशन सार्ने निर्णय गरिसकेका छन् । तर, निर्वाचन समितिलाई आधिकारिक जानकारी दिइसकिएको भने छैन...

जुवा खेलिरहेको अवस्थामा हेटौंडाका ३ सहित ६ जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नगद १ लाख ३२ हजार ३९० रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । बिहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित दिपक श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । पक्राउ...

२४ घण्टामा कोरोनाबाट २१ जनाको मृत्यु थपिए ११४६ संक्रमित

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ८ हजार ५ सय ४९ जनाको नमुनाको पीसीआर परीक्षणमा ९ सय ६१ जना र २ हजार ३ सय ६७ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य...

अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (हेर्नुहोस् पूर्णपाठ)

काठमाडौँ । सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको हो । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । हेर्नुहोस् अर्थमन्त्री शर्माले  संसदमा...

बिपी विचार समाजको आयोजनामा ‘बिपी विचारको औचित्य’ विषयक विचार गोष्ठी

मकवानपुर । बिपी विचार समाज मकवानपुरको आयोजनामा ‘बिपी विचारको औचित्य’ विषयक विचार गोष्ठि बिहिबार आयोजना गरिएको छ । नेपालको राजनीति र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८ औँ जन्मजयन्तीको अवसर पारी सो कार्यक्रम आयोजना गरिएको हो । कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार एवम् पूर्व सभापति...

कांग्रेसले मनायो बिपीको १०८ औँ जन्मजयन्ती

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले नेपालको राजनीति र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८ औँ जन्मजयन्ती मनाएको छ । विहिबार पार्टी कार्यालय मकवानपुरमा स्वर्गीय कोइरालाले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको विषयमा छलफल तथा अन्तरक्रिया गर्नुको साथै उनको शालिकमा माल्यापर्णसमेत गरिएको थियो । सो कार्यक्रमलाई...

बजेटसम्बन्धी तीन विधेयक स्वीकृत

काठमाडौँ । नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक ​बहुमतले स्वीकृत भएको हो । ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश...

एमालेको नाराबाजीका बीच आर्थिक अध्यादेश पेश

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकाबीच संसद्मा आर्थिक अध्यादेश पेश गरेका छन् । एमालेको नाराबाजीको बीच सभामुख सापकोटाले प्रतिनिधिसभा संसदको बैठक अघि बढाएका थिए । पहिलो बैठकमा एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक स्थगित गरेका थिए भने दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले...

एमसीसी उपाध्यक्ष सुमार र प्रचण्डबीच भेटवार्ता

मकवानपुर । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ( एससीसी) का उपाध्यक्ष पतिमा सुमारले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेकी छिन् । सुमार प्रचण्ड भेट्न बिहान खुमलटार पुगेकी थिइन् । बिहीबार काठमाडौं आएको सुमार नेतृत्वको टोलीले नेपालका राजनीतिक दलका शीर्ष नेतासंग छुट्टाछुट्टै भेट गरिरहेको...