कांग्रेसको नगर/पालिका अधिवेशन कहिले ?

तु खबर संवाददाता
२०७८ भाद्र २५, शुक्रबार १७:३९

काठमाडौँ । नेपाली कांग्रेसको गाउँपालिका र नगरपालिकाको अधिवेशन सरेको छ ।

कांग्रेसको २१ जिल्लामा क्रियाशील सदस्यता विवाद चर्किएपछि संस्थापनइतर पक्षले पालिका अधिवेशन रोकेर क्रियाशील सदस्ता विवाद टुंग्याउन माग गरेको थियो ।

कांग्रेसका शीर्ष नेताहरू बसेर अधिवेशन सार्ने निर्णय गरिसकेका छन् । तर, निर्वाचन समितिलाई आधिकारिक जानकारी दिइसकिएको भने छैन ।

स्रोत अनुसार यसअघि भदौ २७ गतेको लागि तय भएको नगर/गाउँपालिकाको अधिवेशन असोज ९ गतेका लागि सार्ने तयारी गरिएको छ ।