बजेटसम्बन्धी तीन विधेयक स्वीकृत

तु खबर संवाददाता
२०७८ भाद्र २५, शुक्रबार १४:३७

काठमाडौँ । नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।

आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक ​बहुमतले स्वीकृत भएको हो ।

ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।

तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।

प्रमुख विपक्षी दल एमालेले नाराबाजी गर्दै संसद् अवरुद्ध पार्न खोजेपछि अर्थमन्त्री शर्मा दौडिएर रोष्टममा पुगेका थिए ।