अर्थमन्त्री शर्माद्वारा शहिद रुद्र स्मृति बाटिकाको अवलोकन

तु खबर संवाददाता
२०७८ कार्तिक १४, आईतवार १६:१६

मकवानपुर । नेपाल सरकारका अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले आइतबार मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ स्थित रुद्र बाटिकाको अवलोकन गरेका छन् । मन्त्री शर्माले शहिद रुद्र पाख्रिनको शालिकमा फूलगुच्छा अर्पण गर्दै सम्पूर्ण शहिदहरुप्रति सम्मान व्यक्त गरे ।

नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग वाइसीएल हेटौंडाको प्रथम उपमहानगर सम्मेलनलाई सम्बोधन मकवानपुर आएका शर्माले मकवानपुरगढी स्थित रुद्र बाटिकाको अवलोकन गरेका हुन् । मुलुकमा लोकतन्त्रको स्थापना, संविधान निर्माणको साथै आमुल परिवर्तनहरु हजारौँ ज्ञात तथा अज्ञात शहिदहरुको बलिदानीको उपज भएको शर्माले बताए ।

उनले शहिद परिवारको सम्मानका लागि राज्यले अझै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने बताए । मन्त्री शर्मासँगै नेकपा माओवादी मकवानपुरका अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, माओवादी केन्द्र भीम पाख्रिन लगायत नेता तथा कार्यकर्ताहरुले बाटिकाको अवलोकन गरेका हुन् ।