समाचार

प्रधानमन्त्री देउवाले मागे सत्ता गठबन्धनका शीर्ष नेतासंग मन्त्रीहरुको नाम

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरुसंग मन्त्रीको नामाली माग गरेका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् । मन्त्रिपरिषद्लाई पूर्णता दिन हतार भएको भन्दै उनले चाँडै मन्त्रीहरुको नामावली दिन सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई आग्रह गरेका...

अफ्ताब आलमको मुद्धा हेर्न नमिल्नेमा

काठमाडौँ । थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्धामा शुक्रबार पनि सुनुवाई नहुने भएको छ । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका उनले थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै रिट निवेदन दिएका थिए । उनको रिटमाथि न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी...

नेपाली राष्ट्रिय पुरुष फुटबल टिम कतार प्रस्थान

मकवानपुर । नेपाली राष्ट्रिय फुटबल टिम साफ च्याम्पियनसीपको तयारीका लागि कतार प्रस्थान गरेको छ । टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको जनाइएको छ । माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि थप तयारी नेपालले कतारमा गर्न लागेको हो । नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह...

कांग्रेसको संगठन चुस्त बनाउन मेरो उम्मेदवारी – बानियाँ

मकवानपुर । नेपाली कांग्रेसको महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । मकवानपुरका १० वटै स्थानीय तहको नगर/गाउँ समितिको निर्वाचन आगामी भदौ २७ गतेका लागि तय भएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । कांग्रेसको राजनीतिमा बिगतको तुलनामा यो पटक युवा पुस्ताको सक्रियता...

अन्तरराष्ट्रिय साक्षरता दिवसमा ४९ शिक्षकलाई सम्मान

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले अन्तरराष्ट्रिय साक्षरता दिवसका अवसरमा ४९ जना शिक्षकलाई सम्मान गरेको छ । यसैगरी बालप्रतिभा पहिचान कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कोरोनाको महामारीको समयमा पनि बैकल्पिक माध्यमले अध्यापन गराउँदै आएका ४० जना शिक्षक तथा दीर्घ सेवाबाट ९ जना शिक्षकलाई सम्मान...

स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

मकवानपुर । प्रतिमान निमा मेमोरियल फाउन्डेशनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई आज एक करोड मुल्य बराबरको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्नेगरी सामग्री हस्तान्तरण गरिएको हो । प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतकाको...

मकवानपुरमा थपिए १५ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा विहिबार १५ जना कोरोनाका संक्रमित विरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ८० जनामा पिसिआर र ३०२ जनामा गरिएको एन्टीजेन परीक्षणमा क्रमशः १४ जना र १ जनामा गरी थप १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पुष्टि हुनेहरुमा सबैभन्दा बढी ११ जना...

एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट सुरु गरेकी छिन् । बिहीबार बिहान नेपाल आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । भेटमा उनीसंगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी भएका छन् । छलफलमा एमालेका स्थायी...

विश्वप्रकाशले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसका नेता गगन थापाले पनि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । थापाले १३ औं महाधिवेशनमा...

एमसीसी परियोजनाको प्रगति बुझ्न उपाध्यक्ष सुमार नेपाल आइन्

काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार आज बिहान काठमाडौँ आइपुगेकी छिन् । नेपालमा अमेरिकी अनुदान सहयोग सम्बन्धी एमसीसी परियोजनाको प्रगति बुझ्ने सिलसिलामा उपाध्यक्ष सुमार काठमाडौं आएको बुझिएको छ । नेपालमा एमसीसी स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा संसद्मै बहस चलिरहेको बेला उनको...