प्रधानमन्त्री देउवाले मागे सत्ता गठबन्धनका शीर्ष नेतासंग मन्त्रीहरुको नाम
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरुसंग मन्त्रीको नामाली माग गरेका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।
मन्त्रिपरिषद्लाई पूर्णता दिन हतार भएको भन्दै उनले चाँडै मन्त्रीहरुको नामावली दिन सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई आग्रह गरेका हुन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।
कांग्रेस सभापति देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । तर अहिलेसम्म उनले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।
