समाचार
बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार: मुख्यमन्त्री शाक्यको लजास्पद कदम
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सरकारको नेतृत्वको गरेको हप्ता नबित्दै अल्पमतमा परिन् । सरकार संचालनको एक साता नबित्दै अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले एकाएक संसद अधिवेशन अन्त्य गरिन् । एमाले विभाजनका कारण अन्यौलमा परेकी शाक्यले २१ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेकी थिइनन् । भदौ २ गते मुख्यमन्त्री नियुक्त...
बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार: को–को भए मन्त्री ?
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । केहीबेर अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरी ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार मन्त्री बन्नेहरुमा सिन्धुलीका प्रदिक कटुवाल, रामेछापको शान्तिप्रसाद पौडेल, काभ्रेका चन्द्र लामा, दोलखाको रचना...
मकवानपुरगढी काँग्रेसको सभापतिमा गोपी अधिकारीको उम्मेदवारी घोषणा
हेटौंडा । नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा गोपी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २७ गते हुने अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा काँगेसको नयाँ नेतृत्व चयन हुँदैछ । भदौं २० गते भएको वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा चयन भएका अधिकारीले गढी गाउँपालिकाको पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्...
बागमती प्रदेश : मन्त्री र राज्यमन्त्रीको नाम टुंगियो, केही बेरमा सपथ गराइँदै
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । उनले बुधबार ५ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिएका छन् । यद्यपी उनले मन्त्री र राज्यमन्त्री को–को भए भन्नेबारे खुलाएका छैनन् । केही बेरअघि बसेको मन्त्रिपरिषद बैठकले मन्त्री र...
मकवानपुरकी जुनेलीमायाको चर्चा राज्यमन्त्रीमा
मकवानपुर । मकवानपुरबाट समानुपातिक सांसद जुनलीमाया श्रेष्ठ बागमती प्रदेशको राज्यमन्त्री बन्ने चर्चामा छिन् । प्रदेश सरकार गठन भएदेखि पटक–पटक मन्त्री बन्ने चर्चामा रहेकी श्रेष्ठलाई यसपटक भने राज्यमन्त्री बनाउन लागिएको स्रोतले बताएको छ । ‘जुनेलीजीलाई राज्यमन्त्री बनाउने कुरा छ । छलफल भइरहेको छ । सायद, उहाँको नाम फाइनल हुन्छ ।’...
बागमती प्रदेश : मन्त्री बन्नेमा अधिकाँश तत्कालिन माधव समूहका
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ । शाक्यले अधिकाँश तत्कालिन माधव पक्ष निकट सांसदहरुलाई मन्त्री नियुक्त गर्न लागेको स्रोत बताउँछ । सांसदहरु प्रदिप कटुवाल, शान्ति पौडेल, रचना खड्का...
मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको संख्या १३८५५५ पुग्यो
मकवानपुर । मकवानपुरमा स्वास्थ्य बीमा गराउनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । मकवानपुरको तथ्याङ्क अनुसार, जिल्लामा हालसम्म एक लाख ३८ हजार ५ सय ५५ जनाले बीमा गराएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ सम्ममा जिल्लामा ७१ हजार १ सय ८४ महिला र ६७ हजार ३ सय ६७ पुरुषले...
बागमती प्रदेशः अल्पमतको सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । नेकपा एमालेका प्रमुख सचेक दिपक निरौलाका अनुसार शाक्यले ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्न लागेकी हुन् । शाक्य गत भदौ २ गते मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् । उनले सोही दिन...
हेटौंडामा कृषि वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम
मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले हेटौंडामा कृषि वन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम् फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा मत्स्य विकास केन्द्र हेटौंडाका अशोक अधिकारीले माछापालन गर्दा गर्नुपर्ने...
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शङ्कर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो । बुधबार ४ बजे सुरु हुने प्रतिनिधि र राष्ट्रियसभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।...








