मकवानपुरकी जुनेलीमायाको चर्चा राज्यमन्त्रीमा

तु खबर संवाददाता
२०७८ भाद्र २३, बुधबार ११:३८

मकवानपुर । मकवानपुरबाट समानुपातिक सांसद जुनलीमाया श्रेष्ठ बागमती प्रदेशको राज्यमन्त्री बन्ने चर्चामा छिन् ।

प्रदेश सरकार गठन भएदेखि पटक–पटक मन्त्री बन्ने चर्चामा रहेकी श्रेष्ठलाई यसपटक भने राज्यमन्त्री बनाउन लागिएको स्रोतले बताएको छ ।

‘जुनेलीजीलाई राज्यमन्त्री बनाउने कुरा छ । छलफल भइरहेको छ । सायद, उहाँको नाम फाइनल हुन्छ ।’ एक सांसदले भने ।

यस विषयमा तु खबरले सांसद श्रेष्ठसंग जिज्ञासा राख्दा उनले आफु राज्यमन्त्री नियुक्त हुनसक्ने बताइन् । उनले भनिन्, मेरो नाम यसअघि पनि चर्चामा आएकै हो, यसपटक पनि चर्चामा छ । तर, के हुन्छ हेर्दै जाऔँ ।’

बागमती प्रदेशमा आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ ।

मुख्यमन्त्री शाक्यले अधिकाँश तत्कालिन माधव पक्ष निकट सांसदहरुलाई मन्त्री नियुक्त गर्न लागेकी छिन् । मन्त्री बन्ने चर्चामा भने सांसदहरु प्रदिप कटुवाल, शान्तिप्रसाद पौडेल, रचना खड्का र विजय सुवेदी पनि छन् ।