बागमती प्रदेशसभाको बैठक कात्तिक १० गतेसम्म स्थगित

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार १८:०५

मकवानपुर । बागमती प्रदेशसभाको अर्को बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । उक्त बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि थप छलफल हुने सभामुख श्रेष्ठले बताए ।

आज बिहिबार अपराह्नन् बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलपmल भएको थियो । मुख्यमन्त्री शाक्यले संसद्मा विश्वासको मत माग्दै सरकारले गरेको ६२ दिनको कामका बारेमा सांसद्हरुलाई जानकारी गराएकी थिइन् । उक्त बैठकमा विपक्षी दलहरुका नेताहरुले मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागि भएका थिए ।

बैठकमा विपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे, विवेकशिल साझा पार्टीका नेता रमेश पौड्याल र जसपाका प्रेम तामाङले छलफलमा सहभागि भएका थिए । उक्त बैठकमा सत्तापक्ष नेकपा एमालेका तर्फबाट नेता रामेश्वर फुयालले मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा सहभागि भएका थिए ।