समाचार
आज फेरि घट्यो नेप्से परिसूचक, ७ अर्ब ४९ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४४ अंकले घटेर २ हजार ९ सय ३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ...
तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न
काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । कम्पनीको प्रि–अलटमेन्ट आज (मंगलबार) अपराह्न सम्पन्न भएको हो । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसैं साता आइपीओ बाँडफाँडका लागि तयारी गरिएको जनाइएकोे छ । कम्पनीले गत भदौ ९ गतेदेखि आईपिओ निष्काशन गरेको थियो । कम्पनीले ८ करोड रुपैयाँ...
बजेट विधेयक संसदमा पेश गर्ने तयारी
काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक आगामी भदौ २४ गते संसदमा पेश गर्ने तयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको हो । विधेयक तयार पारेर राखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, बजेट अध्यादेशमा...
बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
मकवानपुर । बागमती प्रदेशमा हालसम्म भण्डै साढे १८ लाख जनाले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् । प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५ सय ८८ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेशमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत...
मुख्यमन्त्री शाक्यद्वारा हेटौंडामा बृक्षारोपण
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वनस्पती अनुसन्धान केन्द्र अन्तरगतको बृन्दावन वनस्पती उद्यानमा बृक्षारोपण गरेकी छन् । मुख्यमन्त्री शाक्यले निजामती सेवा दिवस २०७८ को अवसरमा आज (मंगलबार) आयोजित एक कार्यक्रमबी बृक्षारोपण गरेकी हुन् । उनले श्रीखण्डको बिरुवा रोपेर कार्यक्रम सुरु गरेकी हुन् । कार्यक्रम बागमती प्रदेशको मुख्यमन्त्री तथा...
विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीको विरोधमा देशव्यापी संघर्षको घोषणा
काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको छ । साताव्यापी संघर्षको कार्यक्रम अन्तरगत २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६...
काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा रिजाल
मकवानपुर । नेपाल सरकारका सहसचिव गोविन्द प्रसाद रिजाललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ । मकवानपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका रिजाल त्यसपछि गृह मन्त्रालय सरुवा भएका थिए । रिजालले मंगलबार काठमाडौंका प्रजिअको जिम्मेवारी पाएका हुन् । कुशल प्रशासकको रुपमा परिचय बनाएका रिजाललाई काठमाडौं जिल्ला हेर्ने गरी...
मकवानपुरमा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आज (मंगलबार) बिहान एक जनाको शव फेला परेको छ । बागमती गाउँपालिका वडा नम्वर १ करेजो भन्ने स्थानमा आज बिहान सवा ८ बजेको समयमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर...
मकवानपुर उद्योग वार्णिज्य संघको निर्वाचन कात्तिकमा हुने
मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण स्थगित भएको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन आगामी कात्तिकमा हुने भएको छ । कोरोनाका कारण दुई पटक स्थगित भएको संघको ५४ औं साधारणसभा तथा निर्वाचन आगामी कात्तिक ७, ८ र ९ गते हुने भएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ । यसअघि पहिलो...
अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम भारत लाने ट्रकसहित दुई जना नियन्त्रणमा
झापा । झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा प्रहरीले एउटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी ७४ डी २४४१ नंको खाली मिनीट्रक डिजेल हालेर पुनः भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी...










