तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न

तु खबर संवाददाता
२०७८ भाद्र २२,मंगलवार १६:११
file-photo

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । कम्पनीको प्रि–अलटमेन्ट आज (मंगलबार) अपराह्न सम्पन्न भएको हो ।

कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसैं साता आइपीओ बाँडफाँडका लागि तयारी गरिएको जनाइएकोे छ ।
कम्पनीले गत भदौ ९ गतेदेखि आईपिओ निष्काशन गरेको थियो ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनमा ल्याएको थियो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको थियो ।