समाचार

हेटौंडामा ४२ जनाले गरे रक्तदान

मकवानपुर । हेटौंडामा सोमबार भएको दुई कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । निजामती सेवा दिवसका अवसरमा हेटौंडामा रक्तदान गरिएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरकोे संयुक्त आयोजना तथा आधिकारीक ट्रेड युनियन मकवानपुर र कर्मचारी मिलन केन्द्र मकवानपुरको समन्वयमा गरिएको कार्यक्रममा २२...

आज मकवानपुरको राक्सिराङ गाउँपालिकामा सार्वजनिक विदा

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा आज (मंगलबार) सार्वजनिक विदा छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने जानकारी गराएको हो । चेपाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए...

आज बाबुको मुख हेर्ने दिन मनाइँदै

मकवानपुर । आज बाबुको मुख हेर्ने दिन अर्थात कुशे औंंसी पर्व मनाइँदैछ । जन्म दिने बाबुलाई देवता समान धार्मिक मान्यताका आधारमा आज छोराछोरीले बाबुलाई विशेष सम्मान गर्छन् । आजको दिन आफ्ना बाबुप्रति आदर सम्मानका साथ फलफुल लगायत मीठो खानेकुरा तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने...

आँचलको सचेतनामुलक तीज विशेष कार्यक्रम

मकवानपुर । आँचल साहित्य कला पुञ्ज मकवानपुरले हरेक वर्ष मनाउँदै आइरहेको सचेतनामुलक तीज विशेष कार्यक्रम यस पटक भर्चुअल माध्ययमबाट सञ्चालन गरेको छ । विगत वर्षहरूमाझैँ स्वास्थ्य सम्बन्धि चर्चा परिचर्चा गरी तीज विशेष कार्यक्रम सम्पन्न गरिएको हो । वरिष्ठ स्वास्थ्यकर्मी डाक्टर अरुणा उप्रेतीको प्रमुख आतिथ्यता तथा हेटौँडा अस्पतालका डाक्टर सुजाता...

बागमती प्रदेशमा ‘एक घर–एक धारा’

मकवानपुर । बागमती प्रदेशले खानपानीको सहज आपूर्तिका लागि ‘एक घर–एक धारा’ अभियानलाई तीव्रता दिइएको छ । प्रदेशले ५ वर्षभित्र प्रदेशका १३ वटा जिल्लाका सबैको घरमा धारा जोड्ने अभियानअन्तर्गत प्रदेश स्थापना भएपछि प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन नम्वर १, हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा ८ वटा आयोजना सम्पन्न गरेको...

इन्द्रसरोवर गाउँपालिका अध्यक्षसहित १० जना एकीकृत समाजवादीमा

मकवानपुर । नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा मकवानपुरको एक गाउँपालिका अध्यक्ष, हेटौंडा उपमहानगरपालिकाका सदस्य एवम् वडा अध्यक्षलगायत १० जनाले सनाखत गरेका छन् । एकीकृत समाजवादीमा सनाखत गर्नेहरुमा इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौंडा–१ का वडा सदस्य इश्वरी सुनार, इन्द्रसरोवर गाउँपालिका–५ का वडा...

सरकारद्वारा राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएको थियो । उक्त बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन...

आज नेप्से परिसूचक १६२ अंकले बढ्यो

काठमाडौं । आज (आईतबार) साताको पहिलो दिन शेयर बजारमा सोमबार हरियाली छाएको छ । आज नेप्से परिसूचक १६१.९४ अंकले बढेर २ हजार ९८०.५० अंकमा कायम भएको हो । आज शेयर कारोबारमा १ करोड ७८ हजार ६८ लाख १६६ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको...

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २४ करोड बराबरको २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन तथा बिक्री गर्ने भएको हो । जसमा कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि विक्री प्रबन्धकमा बिओके क्यापिटललाई आइतबार नियुक्त...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो । संसदीय दलको बोलाइएको कांग्रेसकी सचेतक पुष्पा भुसालका अनुसार, यही २३ गतेबाट संसदको अधिवेशन शुरु हुँदैछ । अधिवेशन शुरु हुनु अघि आन्तरिक छलफलका...