आज नेप्से परिसूचक १६२ अंकले बढ्यो

तु खबर संवाददाता
२०७८ भाद्र २१,सोमबार १८:१२

काठमाडौं । आज (आईतबार) साताको पहिलो दिन शेयर बजारमा सोमबार हरियाली छाएको छ ।

आज नेप्से परिसूचक १६१.९४ अंकले बढेर २ हजार ९८०.५० अंकमा कायम भएको हो ।

आज शेयर कारोबारमा १ करोड ७८ हजार ६८ लाख १६६ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ ।

आज २ सय ११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ विकास बैंक ९.८१ प्रतिशत, फाइनान्स ९.०६ प्रतिशत, जलविद्युत् ८.७५ प्रतिशत, होटल तथा पर्यटन ६.३६ प्रतिशत, लगानी समूह ६.६७ प्रतिशत, जीवन बीमातर्फ ५.०३ प्रतिशतले वृद्धि देखिएको छ । आज ५० भन्दा बढी कम्पनीको सशेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।