मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै

तु खबर संवाददाता
२०७८ भाद्र २१,सोमबार १८:०२
file-photo

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले २४ करोड बराबरको २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन तथा बिक्री गर्ने भएको हो ।

जसमा कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि विक्री प्रबन्धकमा बिओके क्यापिटललाई आइतबार नियुक्त गरेको हो ।

दुई पक्षबीच भएको सम्झौतामा हाइड्रोपावर कम्पनीका तर्फबाट संचालक समितिका अध्यक्ष कृष्णबहादुर उप्रेती र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले बोर्डबाट स्वीकृती पाएपछि सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नेछ ।