हेटौंडामा ४२ जनाले गरे रक्तदान

तु खबर संवाददाता
२०७८ भाद्र २२,मंगलवार ०९:४३
file-photo

मकवानपुर । हेटौंडामा सोमबार भएको दुई कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । निजामती सेवा दिवसका अवसरमा हेटौंडामा रक्तदान गरिएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरकोे संयुक्त आयोजना तथा आधिकारीक ट्रेड युनियन मकवानपुर र कर्मचारी मिलन केन्द्र मकवानपुरको समन्वयमा गरिएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन् बागमती प्रदेशका प्रमुख सचिव किरणराज रेग्मीले गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव प्रदिप कोइराला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, विभिन्न पेसागत संगठनका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।

त्यस्तै, हेटौंडा–६ चौघडामा न्यूरेनीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सोमबार रक्तदान भएको छ । संस्थाको २६ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा २० जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष हिमाल पौडेलले जानकारी दिए ।

कोरोना महामारीको समयमा हेटौंडा रगत अभाव भएको अवस्थालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष पौडेलले बताए ।