समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको मध्य प्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेकोले देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा...

आज संसद बैठक बस्दै

काठमाडौं । संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज (बुधबार) बस्दैछ । दुबै सदको बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको...

तीज पर्व : आज दर खाने दिन

मकवानपुर । हिन्दु महिलाले मनाउने तीज पर्वअन्तर्गत् आज दरखाने दिन । विभिन्न मिठा परिकारका साथ दरखाने चलन छ । आज चेलीबेटी बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफुललगायत परिकारलाई दरका रुपमा खाने गर्दछन् । दरखाने समय र...

आँचलको आयोजनामा प्रतियोगितात्मक ‘बा’ विषयक कविता वाचन

मकवानपुर । आँचल साहित्य कला पुञ्जले कुशे औँशी तथा बुवाको मुख हेर्ने दिको अवसरमा ‘बा’ विषयक कविता वाचन आयोजना गरेको छ । उन्नाइस जना कविहरूले सहभागिता जनाएको उक्त कार्यक्रममा कविहरूले जीवनमा आफ्ना बुवाहरूले गर्ने मार्ग दर्शन तथा अभिभावकत्वका बारेमा कविता वाचन गरेका थिए । कवि तथा व्यङ्ग्यकार आर.सी. रिजालको...

मकवानपुरमा ३९ जनाले रोजे नेकपा एकीकृत समाजवादी

मकवानपुर । मकवानपुरको ३९ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जिल्लाको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर र २ जना गाउँपालिका अध्यक्षसहित ३९ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार, हेटौंडा...

मनहरीमा कांग्रेस परित्याग गरी माओबादीमा २ जना प्रवेश

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका २ जनाले नेपाली कांग्रेस परित्याग गर िनेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मनहरी गाउँपालिका वडा नं. २ का सुुर्यबहादुर तामाङ र बोध बहादुर सिंजाली माओवादीमा प्रवेश गरेको नेकपा माओवादी मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिनले जानकारी दिए । नव प्रवेशीहरुलाई नेकपा माओवादी मनहरीका इन्चार्ज...

‘कांग्रेस मकवानपुरको सहसचिव पदमा मेरो उम्मेदवारी रहन्छ’ – नेतृ न्यौपाने

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । बिगतमा भन्दा यो बर्ष युवा पुस्ताको सक्रियता बढेको छ । यसैबीचमा कांग्रेस मकवानपुरकी सदस्य इन्दिरा न्यौपालेले आसन्न जिल्ला अधिवेशनमा सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेकी...

‘निजामति कर्मचारीलाई परेका समस्या समाधानको लागि प्रदेश सरकार तयार छ’

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले निजामति कर्मचारीहरुलाई परेका समस्या समाधान गर्नको लागि प्रदेश सरकार तयार रहेको बताएकी छन् । मंगलबार निजामती सेवा दिवस २०७८ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा हेटौंडा आयोजित कविता बाचन तथा प्रवचन कार्यक्रम बोल्दै मुख्यमन्त्री शाक्यले सो कुरा...

सुदूरपश्चिम प्रदेश : एमालेका दुई मन्त्रीले दिए राजीनामा

धनगढी । सुदुरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले राजीनामा दिएका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् । विगतमा माधव नेपाल समूहमा रहेका...

देशभर थप १६७७ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७७ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर...