मनहरीमा कांग्रेस परित्याग गरी माओबादीमा २ जना प्रवेश

तु खबर संवाददाता
२०७८ भाद्र २२, मंगलवार १८:०७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका २ जनाले नेपाली कांग्रेस परित्याग गर िनेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

मनहरी गाउँपालिका वडा नं. २ का सुुर्यबहादुर तामाङ र बोध बहादुर सिंजाली माओवादीमा प्रवेश गरेको नेकपा माओवादी मनहरी गाउँपालिका इन्चार्ज राजकुमार पाख्रिनले जानकारी दिए ।

नव प्रवेशीहरुलाई नेकपा माओवादी मनहरीका इन्चार्ज पाख्रिने टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

नेकपा माओवादी केन्द्रले भदौ महिना भित्र कमिटी गठन गरिसक्नुपर्ने केन्द्रको सुचना अनुुुुसार कमिटीहरु गठन गरिरहेको उनले बताए ।