यस्तो छ आजको मौसम पूर्वानुमान

तु खबर संवाददाता
२०७८ भाद्र २३, बुधबार ०८:४१
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा भारतको मध्य प्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार, हाल मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेकोले देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

बुधबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।