देशभर थप १६७७ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७७ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७२ हजार १८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८५ हजार ७१३ जना पुगेको छ ।
देशभरका कूल कोरोना संक्रमितमध्ये हालसम्म ७ लाख ३१ हजार जना कोरोना संक्रमण मुक्त भएका छन् भने १० हजार ८ सय ७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ७२ जनामा कोरोना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १५४ जना भेन्टिलेटरमा रहेका छन् भने ५१४ जना आईसीयूमा रहेका छन् ।
