मकवानपुरमा एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आज (मंगलबार) बिहान एक जनाको शव फेला परेको छ ।
बागमती गाउँपालिका वडा नम्वर १ करेजो भन्ने स्थानमा आज बिहान सवा ८ बजेको समयमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार, अन्दाजी १३ वर्षीया महिलाको जस्तो देखिने उक्त शवको सनाखत हुन सकेको छैन ।
उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
