मुख्यमन्त्री शाक्यद्वारा हेटौंडामा बृक्षारोपण

तु खबर संवाददाता
२०७८ भाद्र २२,मंगलवार १५:०२

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वनस्पती अनुसन्धान केन्द्र अन्तरगतको बृन्दावन वनस्पती उद्यानमा बृक्षारोपण गरेकी छन् ।

मुख्यमन्त्री शाक्यले निजामती सेवा दिवस २०७८ को अवसरमा आज (मंगलबार) आयोजित एक कार्यक्रमबी बृक्षारोपण गरेकी हुन् । उनले श्रीखण्डको बिरुवा रोपेर कार्यक्रम सुरु गरेकी हुन् ।

कार्यक्रम बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त आयोजनामा भएको हो ।

बृन्दावनका विषयमा कार्यालयका प्रमुख रघराम पराजुलीले जानकारी गराएको कार्यक्रममा प्रदेशको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सचिव डाक्टर सिन्धुप्रसाद ढुंगानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालयका सचिव, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।