मकवानपुर उद्योग वार्णिज्य संघको निर्वाचन कात्तिकमा हुने
मकवानपुर । कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण स्थगित भएको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन आगामी कात्तिकमा हुने भएको छ ।
कोरोनाका कारण दुई पटक स्थगित भएको संघको ५४ औं साधारणसभा तथा निर्वाचन आगामी कात्तिक ७, ८ र ९ गते हुने भएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
यसअघि पहिलो पटक चैत्र २३ गते हुने भनिएको निर्वाचन कोभिडको कारण देखाउँदै संघले बैशाख १८ गतेको लागि निर्वाचन तोकेको थियो । तर, पुनः कोरोना महामारीको कारण देखाउँदै संघले निर्वाचन दोश्रो पटक स्थगित गरेको थियो।
कोरोना संक्रमणको जोखिम हाल पनि कायम रहेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गरी भिडभाड नगरी साधरणसभा तथा निर्वाचनको तयारी सुरु भएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
