बागमतीमा १८ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

तु खबर संवाददाता
२०७८ भाद्र २२, मंगलवार १५:२०
file-photo

मकवानपुर । बागमती प्रदेशमा हालसम्म भण्डै साढे १८ लाख जनाले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् ।

प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५ सय ८८ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, प्रदेशमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

त्यस्तै, प्रदेशमा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउनेको कूल संख्या ६ लाख १५ हजार ६ सय ६६ अर्थात् १४ प्रतिशत रहेको छ ।

प्रदेशमा १८ वर्षभन्दा माथिका उमेर समूहमध्ये हालसम्म कुनै पनि खोप नलगाउने नागरिकको सङ्ख्या ३३ लाख ६४ हजार १०६ अर्थात् ५८ प्रतिशत रहेको छ ।