आज फेरि घट्यो नेप्से परिसूचक, ७ अर्ब ४९ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ भाद्र २२,मंगलवार १६:२४

काठमाडौं । आज साताको तेस्रो दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ४४ अंकले घटेर २ हजार ९ सय ३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ ।

आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारारबो भएको छ ।

आज सानिमा लाइफको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको आजको अन्तिम शेयर मूल्य हिजोको तुलनामा ४१ रुपैयाँले बढेर ४५२ रुपैयाँमा कायम भएको छ ।

आज हाईड्रो्पावरको शेयरको सर्वाधिक कारोबार भएको छ । युनाईटड मोदी हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ६१ करोड माथिको शेयर कारोबार भएको छ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३८ करोड ४२ लाख, अपि पावर कम्पनीको १९ करोड १२ लाख, ज्योती विकास बैंकको १७ करोड ५७ लाख र रिडि हाइड्रोपावरको १६ करोड ४ लाख भन्दा माथिको कारोबार भएको छ ।