हेटौंडामा कृषि वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

तु खबर संवाददाता
२०७८ भाद्र २३,बुधबार ०९:०१

मकवानपुर । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले हेटौंडामा कृषि वन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यता एवम् फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मत्स्य विकास केन्द्र हेटौंडाका अशोक अधिकारीले माछापालन गर्दा गर्नुपर्ने कार्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अधिकारीले माछापालन गर्दा अपनाउनु पर्ने विधि, अनुदान, यसका फाईदा र बजारीकरणको बारेमा जानकारी गराएका थिए ।

यसैगरी, हेटौंडा उपमहानगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख दुर्गा प्रसाद न्यौपानेले उपहानगरपालिकाको कृषि तथा पशुपन्छी शाखाले गर्ने विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा फेकोफन बागमती प्रदेशका सचिवालय सदस्य रामहरी चौलागाई, फेकोफन मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, सामुदायिक वनका पदाधिकारी, महिला समूह र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।