मकवानपुरमा पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघ्यो
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप लगाउनेको संख्या एक लाख नाघेको छ ।
जिल्लामा शुक्रबारसम्म १ लाख २ हजार ९ सय ५४ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यलयका अनुसार, जिल्लामा हालसम्म १ लाख ३८ हजार ९ सय ५१ जनाले पहिलो डोज खोप लगाएका छन् ।
जिल्लामा १८ वर्ष माथि खोप लगाउनेको संख्या ३ लाख ४ हजार ६४७ जना रहेका छन् ।
गत वर्षको माघ १४ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोप लगाउने अभियानमा जिल्लाको कुल जनसंख्याको २२ प्रतिशतले मात्र हालसम्म कोरोना विरुद्धको पूर्ण खोप पाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल जिल्लामा कक्षा १२ का विद्यार्थीहरुलाई मात्र कोरोना विरुद्धको खोप लगाईरहेको स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्याय जानकारी दिए ।
