नेकपा एकीकृत समाजवादी हेटौंडा ७ को अध्यक्षमा अधिकारी

तु खबर संवाददाता
२०७८ भाद्र २६, शनिबार १६:५०

मकवानपुर । माधवकुमार नेपाल नेतृत्व नेकपा समाजवादी  पार्टी  हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को अध्यक्षमा राजु अधिकारी चयन भएका छन् ।

आज (शनिबार) भएको वडा भेलाले अधिकारीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादीका नेता सफल अधिकारीले जानकारी दिए ।

उनका अनुसार, हेटौंडा–७ मा गठन गरिएको कमिटी हेटौंडा उपमहानगरकै पहिलो कमिटी हो ।

अब छिट्टै नै नगरका अन्य वडा तथा जिल्लाभर वडा कमिटी गठन गरिने अधिकारीले जानकारी दिए ।

भेला नेकपा सो पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेकपा एस मकवानपुर अध्यक्ष श्रीधर पोखरेल र सचिव विष्णु दाहालको उपस्थिती रहेको थियो ।