नेकपा एमालेको स्थायी कमिटीको अर्को बैठक दिउँसो ३ बजे
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटीको अर्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
एमालेले स्थायी कमिटीको बिहान ९ बजे बोलाएको पहिलो बैठक दिउँसो १२ बजे सकिएको थियो ।
अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने नेकपा एमालेका नेता योगेश भट्टराईले जानकारी दिए । पहिलो बैठकको निर्णय समेत उनैले सुनाएका थिए ।
बैठकमा आगामी विधान महाधिवेशनको बारेमा छलफल भएको भट्टराईले बताए । त्यसमा प्रस्तुत गरिने दस्तावेज तथा प्रतिनिधित्वको संख्या नटुंगिएकाले आजै अर्को बैठक बसेर टुंग्याइने उनको भनाइ छ ।
नवौं महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद् निर्वाचित नभएकाले अन्तरिम व्यवस्था गर्न लागिएको उनको भनाइ छ। तीन हजारको सेरोफेरोमा प्रतिनिधित्व हुने उनले बताए ।
