सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा सार्वजनिक विदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आज (आइतबार) सार्वजनिक विदा दिएको छ ।
प्रदेश सरकारले थारू समुदायको अटवारी पर्वको अवसरमा प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा आज सार्वजनिक विदा दिएको हो ।
गत बैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार दुई जिल्लामा सार्वजनिक विदा दिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटवारीको अवसरमा प्रदेश सरकारले प्रदेशका ९ वटै जिल्लामा विदा दिएको थियो।
