नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे

तु खबर संवाददाता
२०७८ भाद्र २७,आईतवार १५:३८
राजेन्द्र पाण्डे

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पाण्डे बागमती प्रदेश संसदीय दलको नेता चयन भएका छन् ।

दलको आज हेटौंडामा बसेको बैठकले पाण्डेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती सरकार अल्पमतमा परेको बेला गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने दौडमा रहेका पाण्डे संसदीय दलको नेता चयन हुनुलाई चासोका साथ हेरिएको छ ।

एमाले विभाजनपूर्व बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी शाक्येले मुख्यमन्त्री पदको प्रलोभनमा माधव नेपालको साथ छाडेकी थिइन् ।

प्रदेशमा ५६ सांसदसहित स्पष्ट बहुमतमा रहेको एमाले नेता नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएसंगै ४३ सांसदमा खुम्चिन पुग्यो ।

एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा छिन् । यता, गठबन्धनको तर्फबाट पाण्डेको नाम मुख्यमन्त्रीको चर्चामा छ ।