बागमती प्रदेश प्रमुख शर्माद्वारा शोक प्रकट

तु खबर संवाददाता
२०७९ आश्विन १३, बिहीबार १६:०२
file-photo

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेकी आमाको निधनले आफुलाई दुःखी बनाएको बताएका छन् ।

प्रदेश प्रमुख शर्माले आज एक शोक वक्तव्य प्रकाशित गर्दै मुख्यमन्त्रीको आमाको निधनको समाचारले आफुलाई स्तब्ध बनाएको बताए ।

साथै प्रदेश प्रमख शर्माले जारी गरेको विज्ञप्तिमा यस दुःखद् घडीमा आमा मनमायाप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

मुख्यमन्त्री पाण्डेको आमा वर्ष ८७ की मनमाया पाण्डेको आज बिहान काठमाडौंस्थित आफ्नो निवासमा निधन भएको थियो ।

स्व. मनमायाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न गरिसकेको पारिवारित स्रोतले जनाएको छ । उनको मुख्यमन्त्री पाण्डे र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसहित ५ छोरी र ३ छोरी छन् ।