सत्तारुढ गठबन्धनको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ भाद्र २७, आईतवार ०९:३१
file-photo

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज (आइतबार) बिहान बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

सो बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आज बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारमा देखिएको समस्याबारे पनि छलफल हुने उनको भनाइ छ ।

शुक्रबारको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो । नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जनता समाजवादी पार्टी (जसपा) ले फिर्ता लिनुपर्ने अडान राखेको छ ।