एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

तु खबर संवाददाता
२०७८ भाद्र २७, आईतवार १४:०४
file-photo

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरेका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले सभामुखविरुद्ध नाराबाजी कायमै राखेपछि सभामुखले सदन १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु बेलमा आई नाराबाजी गरिरहेका छन् ।

सभामुख सापकोटाले लगातार संसद अवरोध गर्दै आएपछि एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् ।

उनले समस्याको समाधान वार्ता र संवादबाट खोज्नेसमेत बताएका छन् ।