समाचार

संघीय संसदको दुबै सदनमा दशैं विदा

काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा सुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभामा दशैं विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् ।...

मकवानपुरमा भए ६ जना कोरोनामुक्त, थपिए ३ जना संक्रमित

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ६ जना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, संक्रमणमुक्त हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र मनहरी...

कांग्रेस मकवानपुरगढी–२ को आयोजनामा चियापान कार्यक्रम

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ ले बडा दशैं, शुभदिपावली, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ । कांग्रेस गढी–२ का सभापति रामप्रसाद पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता तथा कांग्रेसम मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो...

गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, शपथ आजै हुने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले विशवकर्मालाई आज (सोमबार) बिहान विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मा नेपाली कांग्रेसका सांसद हुन । यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अन्तिममा उनको नाम हटाएर बिन्दुरकुमार थापालाई मन्त्री बनाइएको थियो ।...

बोहोराको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग

गोरखा । लामो समयदेखि कम्मर मुनिको दुवैतर्फको हड्डी हरु खिइयर हिडडुल गर्न नसक्ने भएका गोरखा भिमसेनथापा गाउँपालिका वडा नम्बर १ का  विदुर बोहराको लागि दक्षिण कोरियाबाट एक लाख १८ हजार १६१ रुपैयाँ आर्थिक सहयोग उपलब्ध भएको छ । नेपाल गोरखा परिवार दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष समाजसेवी चिरञ्जीवी पोखरेलको नेतृत्वमा...

हेटौंडाको आर.के. पसलमा आगलागी, १० लाखको क्षति

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमानेस्थित चन्द्रोदय माविको व्यसायिक भवनमा रहेको एक किराना पसलमा आगलागी भएको छ । रामकृष्ण लामिछानेले संचालन गरेको आर.के. किराना पसलमा आज बिहानै आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पुजा गर्ने क्रममा आगलागी भएको सूचना पाएलगतै प्रहरी टोली, बारुणयन्त्र,...

‘प्रदेश सरकार र संघीयता खारेज गरौँ’

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले प्रदेश सरकार र संघीयता खारेज गरिनुपर्ने बताएकी छिन् । बागमती प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै तत्कालै प्रदेश सरकार र संघीयता खारेज गरिनुपर्ने माग गरेकी हुन् । सांसद माझीले...

मकवानपुरका वनकरिया समुदायलाई दशैं मनाउन पाडी सहयोग

मकवानपुर । हेटौंडास्थित संचालित रेडियो सरोवरले नेपालकै लोपोन्मुख वनकरिया समुदायलाई दशैं मनाउन पाडी सहयोग गरेको छ । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ४ ट्वाङग्रामा रहेको वनकरिया बस्तीमा पुगेर रेडियोका सञ्चालक एवं स्टेशन म्यानेजर राजु शाश्वत लामिछानेले एक थान पाडी सहयोग गरेका हुन् । यसैगरी, समाजसेवी राजेन्द्र सिम्खडा र सुरेन्द्र...

प्याव्सन हेटौंडाको अध्यक्षमा श्रेष्ठ

मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएको दोस्रो वार्षिक साधारणसभा तथा नगर अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । यस्तै, उपाध्यक्षमा अरविन्दकुमार झा, सचिवमा श्यामकुमार बानियाँ, कोषाध्यक्षमा अरुण पराजुली तथा सदस्यमा गौरी...

राक्सिराङको बाढीपहिरो पीडितलाई आर्थिक सहयोग

मकवानपुर । नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले मकवानपुरको राक्सिराङमा गत साउन महिनामा गएको बाडीपहिरोबाट पीडित १० घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । घेदुङ दक्षिण कोरियाको महासचिव शुभराज भोम्जनको नेतृत्वमा केन्दिय समिति र घेदुङको क्षेत्रीय समिति ख्यङ्साङ बुसानबाट राक्सिराङका १० जना बाढीपहिरो पीडितलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग पठाएको हो...