प्याव्सन हेटौंडाको अध्यक्षमा श्रेष्ठ

तु खबर संवाददाता
२०७८ आश्विन २५,सोमबार ०८:३३

मकवानपुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) हेटौंडा उपमहानगरपालिकाको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएको दोस्रो वार्षिक साधारणसभा तथा नगर अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।

यस्तै, उपाध्यक्षमा अरविन्दकुमार झा, सचिवमा श्यामकुमार बानियाँ, कोषाध्यक्षमा अरुण पराजुली तथा सदस्यमा गौरी चिमोरिया, विजय तामाङ, प्रतिभा डंगोल, सुदिपराज गिरी, विश्वनारायण श्रेष्ठ चयन भएका छन् । कार्यक्रम नगर अध्यक्ष राजकुमार नहर्कीको अध्यक्षता तथा प्याव्सनका केन्द्रीय समितिको सह–कोषाध्यक्ष ग्रेस श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा हेटौंडाका महिला प्रिन्सिपल रिना आचार्य, लक्ष्मी श्रेष्ठ, गौरी चिमोरिया, सरिता भण्डारी, शोभा थापा, प्रतिभा डंगोल र पत्रकार हरि हुमागाईलाई सम्मान गरिएको थियो । नगर अधिवेशनमा प्याव्सन केन्द्रीय समितिका सल्लाहकार आशिष श्रेष्ठ, केन्द्रीय सदस्य मदन कुमार दाहाल, प्याव्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।