समाचार

माधव नेपालले बोलाए आफ्नो पार्टीका मन्त्रीलाई

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आज (आइतबार) बिहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालय बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । अध्यक्ष नेपालले शनिबार पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन...

जीप दुर्घटनामा परी भण्डारीको मृत्यु

काठमाडौं । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका वडा नम्वर ९ का ३१ वर्षीय जीवन भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । आज (आइतबार) बिहान यात्रु छाडेर फर्किने क्रममा ग १ ज ४४५४ नम्बरको जीप सडकबाट...

उद्योग मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिने घोषणा गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका उनले पदबाट राजीनामा दिने भएका हुन् । ‘मैले आफ्नो...

बडादसैँको चौँथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो...

आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) को पूर्वानुमान जारी गरेको छ । जारी पूर्वानुमानमा आज देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहनुका साथै प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ...

आज बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज (आइतबार) बस्दैछ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको नवौं अधिवेशन बैठक आज बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१...

कांग्रेसको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान

मकवानपुर । विजया दशमीको अवसरमा नेपाली कांग्रेस मकवानपुरको जिल्लाको विभिन्न वडामा शुभकामना आदानप्दान तथा चियापान कार्यक्र गरेको छ । कांग्रेसको भर्खरै सम्पन्न अधिबेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति र नगर कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुबीच विजयादशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको हो । कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको १,...

पत्रकारको कलम सधै जनताको पक्षमा हुनुपर्छ : ओमबहादुर ग्लान

मकवानपुर । नेकपा माओबादी केन्द्र बागमती प्रदेशका सदस्य ओमबहादुर ग्लानले पत्रकारहरुको कलम संधै जनताको पक्षमा हुनुपर्ने बताएका छन । शनिबार पश्चिम मकवानपुरको मनहरीमा आयोजित प्रेस सेन्टर नेपालको मनहरी, राक्सिराङ तथा कैलाश गाँउपालिकाको संयुक्त भेला तथा दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्...

एकीकृत समाजवादी हेटौंडा–८ वडा कमिटीको सपथ ग्रहण

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ वडा कमिटीको शनिबार सपथ ग्रहण गरिएको छ । बैकुन्ठ सापकोटाको अध्यक्षतामा गठित ३५ सदस्यीय पार्टी वडा कमिटीलाई बडा दशैं, तिहार, छठ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसहित सपथ ग्रहण गरिएको हो । कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले एमाले...

नेपाली लेखक संघको अध्यक्षमा अनित्य

मकवानपुर । नेपाली लेखक संघ मकवानपुरको अध्यक्षमा छवि अनित्य चयन भएका छन् । शनिबार हेटौंडामा भएको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अनित्यको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा दिपज्योति थापा, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा गंगा सापकोटालाई चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा बबी थापा,...