जीप दुर्घटनामा परी भण्डारीको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन २४,आईतवार ०९:४०

काठमाडौं । रूकुमपश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका वडा नम्वर ९ का ३१ वर्षीय जीवन भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

आज (आइतबार) बिहान यात्रु छाडेर फर्किने क्रममा ग १ ज ४४५४ नम्बरको जीप सडकबाट १०० मिटर तल खसेर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोही दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।   घाइते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेका छन् । घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।