कांग्रेसको विभिन्न वडामा शुभकामना आदानप्रदान तथा चियापान
मकवानपुर । विजया दशमीको अवसरमा नेपाली कांग्रेस मकवानपुरको जिल्लाको विभिन्न वडामा शुभकामना आदानप्दान तथा चियापान कार्यक्र गरेको छ । कांग्रेसको भर्खरै सम्पन्न अधिबेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति र नगर कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुबीच विजयादशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
कांग्रेसले हेटौंडा उपमहानगरपालिकाको १, ४, ५, ७, १३ र १६ नम्बर वडा तथा मकवानपुरगढी गाउँपालिकाको ५ नम्बर वडामा शनिवार विजयादशमीको शुभकामना आदानप्रदान र चियापान कार्यक्रम राखेको थियो । विजया दशमीको शुभकामना तथा चियापान कार्यक्रमहरुमा विभिन्न पार्टी परित्याग गरी २६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमूख अतिथि तथा अथितिहरुले सदस्यता दिएर कांग्रेसमा स्वागत गरेका थिए । हेटौंडा–१६ मा भएको कार्यक्रममा शंकर पनेरुको अध्यक्षतामा ३१ सदस्यीय नेपाल तरुण दल गठन गरिएको थियो भने हेटौंडा–१३ मा वडा पार्टी कार्यालय उद्घाटन तथा हेटौंडा उपमहानगरका नवनिर्वाचित वडा सभापतिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमहरुमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, सल्लाहकार रिता खनाल, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोइराला, संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, निवर्तमान नगर सभापति आनन्दराम पराजुली, हेटौंडा उपानगर सभापतिहरु रामकृष्ण कोइराला, डोल्मा स्याङबो, सचिव सविन न्यौपाने, हर्करत्न लामालगायतले विजया दशमीको शुभकामना दिएका थिए ।


