समाचार
एमाले हेटौंडा ७ को पार्टी कार्यालय स्थापना
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ कमिटीले पार्टी कार्यालय स्थापना तथा बडादशै, शुभदिपावली, नेपाल सम्बत तथा छठको अवसरमा आज (शनिबार) बिहान शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमको आयोजना गरेको छ । वडा कमिटी अध्यक्ष सोमलाल योन्जनको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य देबराज रिमालको प्रमुख...
एकै परिवारका ३ जना मृत अवस्थामा फेला
जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् । नगरपालिकाको वडा नम्बर ७ फुलगामा टोलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साह मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषा प्रहरीका अनुसार,...
मैले कांग्रेस छाडेको छैनः नेतृ रुम्बा
मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधि शान्तिकुमारी रुम्बाले आफूले नेपाली कांग्रेस नछाडेको बताएका छन् । रुम्बाले शनिबार कांग्रेस जिल्ला पार्टी कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूलाई विकास निर्माणको कार्यक्रम बारे छलफल गर्न भन्दै बोलाएर नेकपा एमाले प्रवेश गरेको भनि भ्रम फैलाउन खोजिएकोप्रति आपत्ती जनाएका...
मन्त्री बन्न नपाएको झोंकमा आफ्नै कार्यकर्ताले उपेन्द्र यादवको पुत्ला जलाए
पर्सा । जनता समाजवादी पार्टीमा मन्त्री बन्न नपाएकाहरुको असन्तुष्टी देखिन थालेको छ । आफूलाई मन्त्री नबनाएको रिसमा केही नेता तथा कार्यकर्ताहरुले पर्सा जिल्लाको बीरगञ्जमा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् प्रतिनिधिसभा सदस्य प्रदिप यादवलाई मन्त्री नबनाएकोमा सो पार्टीका कार्यकर्ता तथा केही नेताहरुले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका हुन् ।...
विभिन्न पार्टी परित्याग गरी ३६ जना कांग्रेसमा प्रवेश
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा ३६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार कांग्रेस मनहरी गाउँपालिका २ द्वारा दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३६ जना कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस मनहरी गाउँपालिका...
स्रोत नखुलेको १० लाखसहित पक्राउ
जनकपुरधाम । महोत्तरी प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रहकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरीकै मनरा सिस्वा नगरपालिका–५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्रकुमार साह र भंगहा नगरपालिका–७ बस्ने १८ वर्षीया बिन्दा कुमारी साह रहेका छन् । सदरमुकाम जलेश्वर नगरपालिका ८ बज्राहीस्थित भित्री सडकखण्डमा नम्बर नलेखिएको...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा आज (शुक्रबार) बाट नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । महाशाखाले शुक्रबारबाट यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको...
भीमफेदीमा बालमन मार्केट कार्यक्रम
मकवानपुर । दशैं, तिहार, छठ तथा ल्होसारको अवसरमा मकवानपुरको भीमफेदीस्थित बाल मन्दिरमा शुक्रबार बालमन मार्केट कार्यक्रम भएको छ । नेपाल बाल संगठन मकवानपुरद्वारा आयोजित कार्यक्रममा बालमन्दिरमा आश्रित बालबालिकाकाको लागि लत्ताकपडा, स्टेशनरी, मिठाई, खानेकुरा लगायत वितरण गरिएको थियो । कार्यक्रममा भीमफेदी गाउँपालिका, कृति फाउन्डेशन, किवानिस क्लब, भिविना फाउण्डेशन, मदन भण्डारी...
आज दशैँको तेस्रो दिन : चन्द्रघण्टाको पूजा गरिँदै
मकवानपुर । आज (शनिबार) दशैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरी मनाइँदै छ । कोरोना जोखिमकै बीच पनि देशका विभिन्न शक्तिपीठमा आज चन्द्रघण्टादेवीको पूजा भइरहेको छ । काठमाण्डौको गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजुभवानी, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । काठमाण्डौ...
मनहरी फुटबलको उपाधि लामाबस्तीलाई
मकवानपुर । जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरीको हाँडिखोलस्थित सिद्धकालीमा जारी फुटबल प्रतियोगिताको उपाधि लामाबस्ती युवा क्लबले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा युवा जागृती क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लामाबस्ती युवा क्लबले उपाधि हात पारेको हो । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन...










