एकीकृत समाजवादी हेटौंडा–८ वडा कमिटीको सपथ ग्रहण

तु खबर संवाददाता
२०७८ आश्विन २४, आईतवार ०७:४७

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ वडा कमिटीको शनिबार सपथ ग्रहण गरिएको छ । बैकुन्ठ सापकोटाको अध्यक्षतामा गठित ३५ सदस्यीय पार्टी वडा कमिटीलाई बडा दशैं, तिहार, छठ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसहित सपथ ग्रहण गरिएको हो ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेले एमाले अध्यक्ष केपी शर्मा ओली संसदप्रति जिम्मेवार नबनेको बताए । दुईतिहाई जनमतलाई ओलीले थाम्न नसकेको बताउँदै संसद देख्न नचाहनेले चुनावमा गएर बहुमत ल्याउछु भन्नुको कुनै अर्थ नरहेको उनका भनाई छ । संसदमा बलियो हुँदा संसद विघठन गर्ने र कमजोर हुँदा पनि संसद चल्न नदिने ओलीको संसदमा उपस्थिती नै किन भन्ने प्रश्न रहेको बताए ।

सो अवसरमा पार्टी हेटौंडा ८ नम्बर वडा सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ । कार्यक्रममा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य ललित बस्नेत, पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोख्रेल, पार्टी प्रदेश कमिटीका सचिव विष्णु दाहाललगायत जिल्ला कमिटीका सदस्यहरुको उपस्थिती थियो ।