आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
२०७८ आश्विन २४, आईतवार ०८:५६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) को पूर्वानुमान जारी गरेको छ । जारी पूर्वानुमानमा आज देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहनुका साथै प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने, राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
